नदी | NADI Lyrics | Seasons IV: Suddhikaran Ani Jaagaran

(सललल बगि आयो, अधर्मलाई बगायो,

नदीमा धार्मिक्ताको डुबे चुर्लुम्मै)

(मलाई नयाँ ऋतुमा लगेर जाऊ

तपाईसगँनै येशू हिंडाऊ

एउटा महिमामा देखी अर्को महिमा

आत्मिकी खुड्किलो चढाऊ)

(झररर झरि आयो, जीवन चोखो बनायो

झरिमा धार्मिक्ताको भिजे लुथ्रुक्कै)

 

(मन्दिरको दक्षिणबाट एउटा नदी बग्दैछ

जहाँ जहाँ यो नदी पुग्छ सबै बाँच्दैछ)

फल फलाउने रूखहरूले किनार भर्दैछ

राष्ट्रलाई यो नदीले निको पार्दैछ

 

(सललल बगी आयो, अधर्म सबै बगायो,

नदीमा धार्मिक्ताको डुबे चुर्लुम्मै)

(मलाई वचन जीवनको खुवाऊ

येशूको ज्ञानमा धनी बनाऊ

गुप्त जीवनमा चोखो हुन चाहन्छु

पवित्र आत्मा ममा आऊ)

(झररर झरी आयो, जीवन चोखो बनायो

झरीमा धार्मिक्ताको भिजे लुथ्रुक्कै)

          Written and Sung – Adrian Dewan

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top