तपाइ मेरो चट्टान | Tapai Mero Chattan Lyrics

 तपाइ मेरो चट्टान (Tapai Mero Chattan)


म पानी भैँ पोखिएको छु

पग्लिएको मैन भैँ भएको छ हृदय

लिँदछ शरण मेरो प्राणले

तपाईंको पखेटाको छत्रछायाँ मुनि

तपाइ मेरो चट्टान

मेरो उद्धारक र किल्ला

जसको सामु पर्वतहरू

पग्लिएर जान्छन्

मेरो उद्धारक र किल्ला

जसको सामु पर्वतहरू

पग्लिएर जान्छन्

म डराउने छैन

तपाईं मेरो साथमा दुनुदुन्छ

 दुनुदुन्छ सधेँ। 2

हो हो हो……..6


हरेक बिहानी मेरो लागि

तपाईंको कृपा नयाँ हुँदछ

तपाईंको भलाइ करूणा

जीवन भरि मेरो पछि लाग्नेछ

विश्वसनीयता करूणा तपाइको

हे येशु स्वर्ग सम्मै महान छ

हे मेरो प्राण जाग

वीणा सितार जाग

मेरो शिर उहाँले

उच्च पार्नु भएको छ।

म डराउने छैन

तपाईं मेरो साथमा हुनुहुन्छ

 दुनुदुन्छ सधेँ। 2

हो हो हो……..3

Lyrics: Joseph Rai/ Roman Mohara

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top