बगैंचामा फूलहरू मुस्कुराउँदै फुले
प्रभु येशू भन्दै गाउँदै यता उता झुले x2
आहा आहा कति मिठो फूलको वास्ना चल्यो
मन पनि फुरुङ्गै तन पनि फुरुङ्गै
हुँदै गीत गाउन थाल्यो x4
सुभखबर सबैलाई प्रभु येशू जन्मे
उद्धार मुक्ति दिनलाई येशू ख्रीष्ट जन्मे x2 ओ हो..2
गाउँ बेसि सहर सबै उनको महिमा गरौं
हासी खेली रमाइलो गरी उनको नाउँ भजौ x4 ओ हो..2
लौ है आए येशू राजा संसारमा आए
स्वर्गदूत ले भनेको झै मुक्तिदाता आए x2 ओ हो..2
फूल हास्यो भमरा नाच्यो कोइलीले गाए
जन्मे हेर येशू राजा अपार माया ल्याए x4
बगैंचामा फूलहरू मुस्कुराउँदै फुले
प्रभु येशू भन्दै गाउँदै यता उता झुले x2
आहा आहा कति मिठो फूलको वास्ना चल्यो
मन पनि फुरुङ्गै तन पनि फुरुङ्गै
हुँदै गीत गाउन थाल्यो x4
–Lyrics: Govinda Neupane