बेला भो | Bela Bho Lyrics

फसल पाकीसकेको छ
कटनीको वेला भो
सुत्ने समय छैन अब
खेताला उठ्ने बेला भाे
पहाडहरुले बोलाउँदैछन्
अब जाने बेला भाे
सुसमाचार बोकी ख्रीष्टकाे
लौ अब हिँड्ने बेला भाे(२)

सुनिदेउ क्रन्दन सुनिदेउ चित्कार
आत्मामा बेचैनहरुको पुकार
निराशा छन् है थकित छन् है
मर्दै छन् मानिस हरेक प्रहर
निदाउन नदिउन ती आवाजले
हृदय हाम्रो जली नै रहोस्(२)
शान्तिको सन्देश बोकेर
प्रेम छर्ने बेला भाे
ज्योति बनी अँध्यारोमा
लौ अब बल्ने वेला भो(२)

जागौ है जागौ आरामलाई त्यागौं
ख्रीष्टको आदेश पूरा गर्दै जाउँ
दुःख र कष्ट केही नभनी
येशूको राज्य हामी फैलाउँदै जाउँ
सुसमाचारको आगो हृदयमा
कदापि निभन हामी नदिउँ(२)
सहरहरूले बोलाउदैछन्
निस्कीजाने बेला भाे
सहर गल्ली गाउँ बस्तीमा
लौ अब पस्ने बेला भाे(२)

फसल पाकीसकेको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top